Logo

हरेक गाविसमा कृषि प्राविधिक राख्न कार्यविधी तयार, भुकम्प प्रभावित जिल्लामा विशेष कार्यक्रम ल्याईँदै

हरेक गाविसमा कृषि प्राविधिक राख्न कार्यविधी तयार, भुकम्प प्रभावित जिल्लामा विशेष कार्यक्रम ल्याईँदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कृषि विकास मन्त्रालयले प्रत्येक गाउँ विकास समितिमा कृषि प्राविधिक नयुक्तिको व्यवस्था मिलाउन कार्यविधी बनाइसकेको जानकारी दिएको छ । हाल कार्यविधी बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको छ । कार्यविधी स्वीकृत भएर आउने वित्तिकै हरेक गाविसमा कृषि तथा पशु प्राविधिक राखिने मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कार्यविधी स्वीकृति भएर आएपछि कम्तीमा ३ हजार गाविसमा कृषि तथा पशु प्राविधिक राखिने छ । साथै, बढी भूकम्प प्रभावित ८ जिल्लामा विभिन्न सामग्री, बीउ बिजन, वितरण भइसकेको छ नियमित कार्यक्रमहरु संचालनका लागि गृहकार्य भइरहेको समेत मन्त्रालयले जानकारी दिएको छ ।

कृषि बाली, मत्स्य तथा पशुपंक्षी बीमा प्रिमियममा अनुदान सम्बन्धमा चालु आर्थिक वर्षको पहिलो महिनामा १ करोड ५४ लाख ८६ रुपैयाँ भुक्तानी भएको र भदौं, असोज र कात्तिकको लागि झण्डै ५ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL