Logo

एक वर्षदेखि अन्यौलमा रहेको शिव श्री हाइड्रोको सेयर १२० मा कारोबार

एक वर्षदेखि अन्यौलमा रहेको शिव श्री हाइड्रोको सेयर १२० मा कारोबार



काठमाडौं । शिव श्री हाइड्रोपावरको सेयर प्रतिकित्ता १२० रुपैयाँमा कारोबार भएको छ ।

laxmi

सार्वजनिक निष्काशन (आईपीओ) गरेको १ बर्षपछि नेप्सेमा सुचिकृत भएर कारोबार भएको सो कम्पनीको सेयर आज प्रतिकित्ता १२० रुपैयाँमा कारोबार खुला भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कात्तिक ७ गते सूचीकृत भएको सो कम्पनीको ओपन रेन्ज न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँसम्म पाएको थियो । तर, बिहीबार कारोबार हुँदा प्रतिकित्ता १२० रुपैयाँमा मात्रै खरिदबिक्री हुन पुग्यो ।

शिव श्रीले २०७६ असोज १६ देखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि ३३ करोड ५१ लाख १४ हजार रुपैयाँको ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ जारी गरेको थियो ।

न्यून मूल्यमा कारोबार भएको सो कम्पनीको सेयर केही समयमै १० प्रतिशतले बढ्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL