Logo

सहयोगी विकास बैंक र बाबा अटोमाटाबीच सम्झौता, लोहिआको तीन चक्के सवारीमा लगानी

सहयोगी विकास बैंक र बाबा अटोमाटाबीच सम्झौता, लोहिआको तीन चक्के सवारीमा लगानी



काठमाडौं । सहयोगी विकास बैंकले लोहिआ कम्पनीको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । उक्त सवारीसाधनमा लगानी गर्न कम्पनीले बाबा अटोमाटा ट्रेडिङ्गसँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र बाबा अटोमाटा ट्रेडिङ्गका प्रोपाइटर विशाल शाहले हस्ताक्षर गरेका हुन् ।

laxmi

सम्झौता अनुसार बाबा अटोमाटा ट्रेडिङ्गले बिक्री गर्ने तीन चक्के टेम्पु (सवारी साधान) लाई उक्त ट्रडिङ्गले सिफारिस गरे अनुसार बैंकले कर्जा लगानी गर्नेछ । बैंकले उक्त तीन चक्के टेम्पोको मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । तर कर्जाको लागि ग्राहकहरुले घर जग्गा समेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने सो सम्झौतामा उल्लेख छ ।

कर्जा अवधि तीन बर्षसम्म मात्र रहने छ । लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा टेम्पो विक्रेता संस्था बाबा अटोमाटा ट्रेडिङ्गले समेत सघाउनु पर्ने भएको छ । सो कर्जाको लागि बाबा अटोमाटा ट्रेडिङ्गले फिर्ता खरिद जमानीको लिखत गरिदिनु पर्नेछ । जमानतस्वरुप ५ लाख रुपैयाँको चल्ती खाता खोलि जम्मा गर्नु पर्नेछ । सो रकम बैंकले जमानतस्वरुप रोक्का राख्न पाउने संझौतामा उल्लेख छ । यदी कुनै सम्बन्धित ऋणीले समयमा तिर्नुपर्ने किस्ता समयमा नतिरेमा सोही रकमबाट असुल गर्न सकिने समेत संझौतामा उल्लेख छ ।

कर्जा स्वीकृत भई आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र बैंकले सम्बन्धित ग्राहकलाई सवारी साधन उपलब्ध गराउन बैंकले बाबा अटोमाटा ट्रेडिङ्गलाई आदेश दिनेछ । सो सवारी साधन बैंकको नाममा सम्बन्धित ग्राहकलाई ऋणी जनाई नामसारी भई आएमा र सो सवारी साधनको बीमा भएको बीमापत्र, व्लूबुक बैंकलाई बुझाए पछि बाबा अटोमाटा ट्रेडिङ्गलाई भुक्तानी गरिदिने छ ।
यो सम्झौता २०७७÷०९÷३० सम्म लागू हुने छ । तर आपसी सहमतिमा निश्चित अवधिका लागि यो अवधि थप गर्न सकिने बैंकले जानकारी दिएको छ ।
सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए । बैंकको यो लगानीबाट आर्थिक अवस्था कमजोर भएका मेहनतीहरुले टेम्पो सेवा सञ्चालन गरी उनीहरुको समृद्धिमा टेवा पुग्ने सिईओ रिजालको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL