Logo

भद्रपुरमा बुद्ध एयरको रात्रीकालिन परिक्षण उडान सफल, दैनिक ३ उडान भर्ने

भद्रपुरमा बुद्ध एयरको रात्रीकालिन परिक्षण उडान सफल, दैनिक ३ उडान भर्ने



काठमाडौं । बुद्ध एयरको भद्रपुरमा रात्रीकालिन परिक्षण उडान सफल भएको छ । परिक्षण उडान सफल भएसँगै एरिया नाभिगेसनको सहायताले लो भिजिविलिटी र हाल जडान गरिएको रनवे लाईटले अब रात्रिको समयमा पनि सुरक्षित तरिकाले सडान गर्न सकिने बुद्ध एयरले जानकारी दिएको हो ।

यसअघि लो भिजिबिलिटी र सूर्यास्त पश्चात उडान रद्द गर्नुपर्ने बाध्यता थियो । जसले गर्दा यात्रुलाई कठिनाई हुनुका साथै विमान कम्पनीलाई पनि थप आर्थिक भार पर्ने गरेको थियो । तर, अबका दिनमा भद्रपुरमा दैनिक ३ उडान हुने र जसबाट यात्रुलाई पनि सहज हुने कम्पनीले जानकारी दिएको छ ।

गत वर्ष खराब मौसम र लो भिजिबिलिटीका कारण दर्जनौ उडानहरु रद्द भएको थियो । नागरिक उड्डयन प्राधिकरणले करिब ६ महिना अगाडी नै भद्रपुर विमानस्थलमा आरएनएभी प्रविधि जडान गरेपनि रात्रिकालिन उडानका लागि आवश्यक रनवे लाईटहरु जडान गर्न बाँकी थियो । तर अहिले भने उक्त समस्या समाधान भएको छ ।

रात्रीकालिन उडानका लागि नागरिक उड्डयन प्राधिकरण र यसका विशेषज्ञ टोलीले यसअघि धनगढिमा पनि आवश्यक पूर्वाधारहरु जडान गरि बुद्ध एयरले टेस्ट फ्लाईट र लगत्तै रात्रीकालिन व्यवसायिक उडान पनि भर्दै आइरहेको छ ।

कम्पनीले आगामी दिनमा थप विमानस्थलहरु जस्तै तुम्लिङतार, सुर्खेत, भरतपुरमा पनि रात्रीकालिन उडान विस्तार गर्दै जाने योजना बनाएको छ ।

कम्पनीले जनकपुर एयरपोर्टमा पनि रात्रीकालिन उडानको तयारी गरेको छ । अब केही महिना भित्रै सो विमानस्थालमा पनि पनि परिक्षण उडान र त्यसपछि व्यवसायिक उडान भर्ने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL