Logo

१३ दिनपछी दूरसंचार प्राधिकरण अध्यक्ष झाको राजिनामा स्वीकृत

१३ दिनपछी दूरसंचार प्राधिकरण अध्यक्ष झाको राजिनामा स्वीकृत



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजिनामा दिएको १३ दिनपछि राजिनामा स्वीकृत भएको छ । संचार, सुचना तथा प्रविधि मन्त्रालयले मंगलबार झालाई राजिनामा स्वीकृतको पत्र लेखेको मन्त्रालयका उप सचिव मुकुन्द शर्माले जानकारी दिएका हुन ।
दिगम्बर झाले पुस ११ गते मन्त्रालयमा राजिनाम पत्र बुझाएका थिए । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले झालाई तेस्रो पटक प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनको नियुक्तीसँगै भ्रष्टाचारको विषयमा सरकारको आलोचना बढेको थियो । तर पछिल्लो समय झाकै विषयलाई लिएर सत्तारुढ नेकपाकै संसदहरुले बढी आलोचना गरेपछि केपी ओली नेतृत्वको सरकारलाई बढी दबाब सिर्जना भएको थियो ।
केही समयअघि मात्र नेकपामा ४३ जना नेताहरुले हस्ताक्षर गर्दै झाको राजीनामा समेत माग गरेका थिए । सरकारकै आलोचना बढी भएपछि झाले बुझाएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL