Logo

प्रभु बैंकको नयाँ बचत खाता, सेयर कारोबार गर्दा ब्रोकरकहाँ जान नपर्ने

प्रभु बैंकको नयाँ बचत खाता, सेयर कारोबार गर्दा ब्रोकरकहाँ जान नपर्ने



काठमाडौं । प्रभु बैंकले पनि नेपाल स्टक एक्सचेन्जको कारोबार गर्न पाउने भएको छ । नेपाल स्टक एक्स्चेञ्जले मंगलबारदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि प्रभु बैंक लाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गर्नका लागि तोकेको हो ।

अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन सेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा शेयर दलाल तथा बैंक सम्म पुग्नु नपर्ने गरी बैंकले सुविधायक्त प्रभु अनलाईन टे«डिङ्ग बचत खाता सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंक लि. ले आज बुधबारदेखि सञ्चालनमा ल्याएको प्रभु अनलाईन टे«डिङ्ग बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी बसी सजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् । प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु अनलाईन टे«डिङ्ग बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क भ(दबलपष्लन सेवा उपलब्ध हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL