Logo

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर कपिलवस्तुको मायादेवीमा, सेवा संख्या ४ पुग्यो

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर कपिलवस्तुको मायादेवीमा, सेवा संख्या ४ पुग्यो



काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुको मायादेवी गाउँपालिका १ मा आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले मंगलबार तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो ।
उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक श्री लव प्रसाद कुइकेलले संयुक्त रुपमा गरेका छन् ।

laxmi

उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष श्री वलिउद्दिन मुसलमान सोही गाउँपालिका वडा नं. १ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष परमात्मा बाँनीया, इलाका प्रहरी कार्यलय पकडीका प्रमुख प्रहरी निरिक्षक राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज विमल के.सी लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो उद्घाटन समारोहमा बैंकका प्रादेशिक प्रबन्धक कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराइने प्रतिवद्दता व्यक्त गरे ।

उनले पंजाब नेशनल बैंक भारतसंग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने र बैंकिङ क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ कारोबारमा थप सहज हुने कुरा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL