Logo

कलङ्की अन्डरपास संचालनमा नआउँदा दशैंमा घर जाने यात्रुलाई सास्ती, किन हुँदैछ हेलचक्र्याईँ ?

कलङ्की अन्डरपास संचालनमा नआउँदा दशैंमा घर जाने यात्रुलाई सास्ती, किन हुँदैछ हेलचक्र्याईँ ?



काठमाडौं । चक्रपथ सडक सुधार आयोजना अन्तरगतको कलङकी अन्डरपास संचालनमा नआउँदा दशैंमा घर जाने तमाम यात्रुहरु सवारी जामको मारमा परेका छन । दशैं नजिकिएसँगै आ–आफ्नो थातथलो जाने यात्रुहरुको चाप बढ्दै गएपछि हाल यात्रुहरु उक्त स्थानमा करिव १ घण्टा जाममा बस्नुपर्ने बाध्यता रहेको छ ।

कोटेश्वर कलङकी सडकखण्डको उक्त अन्डरपासको काम करिव अन्तिम चरणमा पुगिसकेको र पिच गर्न मात्रै बाँकी रहेकाले केहिदिन पछि संचालनमा ल्याउने उक्त आयोजनाका ईन्जिनियर निरन्जन शर्मा अर्यालले जानकारी दिए । उनका अनुसार केहिदिन अघि पिच नगरिकनै संचालनमा ल्याईएकाले धुलो उडेर वातावरणलाई नै प्रतिकुल असर पार्ने भएपछि पुनः बन्द गर्दै पिच गर्ने काम अघि बढाईएको हो ।
साथै हाल बल्खु कलंकी सडकखण्डको केहि भागमा सडक पनि पिच गर्न बाँकी रहेको र यस्तो बेला अन्डरपासबाट गाडी गुडाउँदा गरिएको पिच पनि उप्किने भएकाले तत्काल गाडी नगुडाएको उनले बताए ।

कलङकीमा घण्टौं जाममा बस्नुपर्ने भएपछि सवारीको समयतालिका नमिल्ने तथा जानुपर्ने समयमा जाने र आईपुग्नुपर्ने समयमा आउन नसकिएकाले यात्रुलाई धेरै नै सास्ती खेप्नु परेको यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । ‘हाल काठमाडौंबाट बाहिरिनेको संख्या अत्याधिक छ । दैनिक ३० देखि ४० हजार जनासम्म कलङकी नाका हुँदै बाहिरिनछन ।’, उनले भने । ‘तर कलङकीमा घण्टौं जाममा बस्नुपर्ने भएपछि यात्रुहरु आफ्नो घर पुग्नुपर्ने समयमा पुग्न सकेका छैनन ।’

उनले उक्त खण्डमा दैनिक हुने जामलाई सम्बन्धित निकायले समयमै ध्यान दिइनुपर्ने प्रष्ट पारेका छ ।

यसका साथै कलङ्की देखि थानकोटसम्मको बाटो पनि हालसालै चाडावाड नजिकिएसँगै स्तरोन्नती गर्न थाले पछि यात्रुहरुले सो रुटमा पनि जाममा बस्नुपर्ने बाध्यता रहिआएको छ ।

नौबिसे नागढुङ्गा सडकखण्डमा पनि रातको समयमा पिच गर्न थालिएपछि उक्त खण्डमा पनि यात्रुहरुले ७ देखि ८ घण्टासम्म जाममा बस्ने गरेका छन । सडक विभाग डिभिजन कार्यालयले पनि अवको केहिदिनमा पुर्ण संचालनमा ल्याउने भनेको उक्त सडकखण्डमा हाल बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म एकतर्फी सडक संचालनमा ल्याई काम गरिँदै आएको छ ।

यता कलङकी अन्डरपासको भने पिच गर्न बाँकी रहेकाले संचालनमा ल्याउन नसकीएको हो । उक्त खण्डका इन्जिनियर शर्मा अर्यालका अनुसार आफुले साईटमा गएर अनुगमन नगरेकाले अब साईटको निरिक्षण गर्ने र चाँडोभन्दा चाँडो उक्त अन्डरपास संचालनमा ल्याईने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL