Logo

फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ को तयारी अन्तिम चरणमा, यी हुन एक्स्पोका विशेषता

फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ को तयारी अन्तिम चरणमा, यी हुन एक्स्पोका विशेषता



काठमाडौं । फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी असोज ४ गते काठमाडौंको भृकुटीमण्डपमा हुने भनिएको उक्त एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले जानकारी दिएको छ ।

आयोजकका अनुसार उक्त एकस्पोमा सामेल हुने १ सय बढी फर्निचर तथा फर्निसिङ सामग्रीका स्टलमध्ये हाल केही स्टलहरु बुकिङ भइसकेका छन भने केही स्टलहरु बुकिङ चरणमा रहेका छन ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी लगभग १ सय ओटा स्टल रहने छन । जसमा ४६ ओटा ठुला स्टलहरु रहनेछन भने ५० देखि ६० ओटासम्म साना तथा ह्यांगीङ स्टलहरु भने प्रदर्शनी कक्षको बाहिर रहने पनि आयोजकले जानकारी दिएको छ ।

यसका साथै उक्त एक्स्पोमा दशैंलाई लक्षित गरी विभिन्न आकर्षक अफरका सामग्रीहरु विक्री हुने छन ।

एक्स्पोमा प्रदर्शनीको अतिरिक्त अवलोकनकर्तालाई लक्की ड्र मार्फत आकर्षक उपहार समेत वितरण गरिने आयोजकले जनाएको छ । यस्तै प्रदर्शनीस्थलमै वास्तुशास्त्रका साथै इन्टेरियर डिजाईन सम्बन्धी परामर्श समेत लिन पाईनेछ ।

उक्त एक्स्पो असोज ४ गतेदेखि ८ गतेसम्म हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL