Logo

नेपालले माग्यो चीनसँग सबै बन्दरगाह, उपलब्ध गराउन चीन सकारात्मक

नेपालले माग्यो चीनसँग सबै बन्दरगाह, उपलब्ध गराउन चीन सकारात्मक



काठमाडौं । नेपालले चीनसँग सामान आयात निर्यातका लागि सबै बन्दरगाह उपलब्ध गराउन माग गरेको छ । नेपाल र चीनबीच भइरहेको सहसचिव स्तरीय पारवहन सन्धीको प्रोटोकल सम्बन्धी बैंठकमा नेपाल पक्षले उक्त माग राखेको हो ।

नेपाल र चीनबीच सन् २०१६ मा भएको परवहन सन्धीलाई कार्यान्वय गराउनका लागि भएको प्रोटकल बैंठकमा नेपालले चीनसँगको सबै नाका र बन्दरगाह उपलब्ध गराउन माग गरिएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

‘हामीले चिनियाँ पक्षसँग तेस्रो मुलुकबाट सामान आयात तथा निर्यात गर्न सबै बन्दरगाह उपलब्ध गराउन माग गरेका छौं भने नेपालसँगको ६ वटै नाका खुला गरिदिन माग गरेका छौं,’ उनले भने, ‘यी सबै विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएका छन् सम्भवत कार्यान्वयनमा आउछ होला ।’ दुई देशबीच भइरहेको प्रोटोकल बैंठकमा चिनियाँ पक्षबाट ११ र नेपाली पक्षबाट पनि सोही अनुरुप सदस्यहरु रहेका छन् ।

नेपालको माग अनुरुप चीनले नेपाललाई बन्दरगाह उपलब्ध गराएमा जापान, कोरियालगायतका मुलुकबाट सामान आयात गर्न सहज हुनुका साथै लागत समेत कम पर्न जाने छ । अहिले चीनले नेपाललाई बन्दरगाह उपलब्ध नगराउँदा तेस्रो मुलुकबाट हुने आयात सबै भारतीय बाटो हुँदै ल्याउनुपर्ने बाध्यता छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL