Logo

ओप्पो फाइभ जी भिडियो कलको सफल परीक्षण, ६ महिना भित्रै ग्राहकलाई उपलब्ध

ओप्पो फाइभ जी भिडियो कलको सफल परीक्षण, ६ महिना भित्रै ग्राहकलाई उपलब्ध



काठमाडौं । ओप्पो ग्लोबल रिसर्च ईन्स्टिच्यूट (सेन्जेन) ले फाईभ जी भिडियो कल डेमोको सफल परिक्षण घोषणा गरेको छ ।

कम्पनीले थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी फाइभ जी भिडियो कल डेमोको परिक्षण बुधबार घोषणा गरेको हो ।

ओपो रिसर्च ईन्स्टिच्यूटको हार्डवेयर रिसर्च सेन्टरका निर्देशक बाइ जियानले भने थ्रीडी स्ट्रक्चर्ड लाएट प्रविधि करिब ६ महिना भित्रै ग्राहकमाझ उपलब्ध गराउने बताएका छन ।

उच्च गति (ईएमबीबी), बृहत्त क्षमता (एमएमटीसी) र कम बिलम्बता (यूआरएलएलसी) सहितको फाइभ जी प्रविधिलाई औद्योगिक मोबाइल दुरसञ्चारको नयाँ सुरुवातका रुपमा लिने गरेको कम्पनीको दाबी रहेको छ ।

ओपोले ईमेजिङ तथा सेन्सर प्रविधिसँग फाइभ जी नेटवर्क समाहित गर्नेछ ।

यसको माध्यमबाट युबेकुटस रियालिटी, भर्चुअल रियालिटी, अगुमेन्टेड रियालिटी जोइण्ट रियालिटी लगायतका लागि प्रयोग सार्थकता अध्ययन गर्ने कम्पनीको योजना रहेको छ ।

सफ्टवेयर रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक, सन यानका अनुसार मोबाइल ईन्टरनेटले भौतिक र डिजिटल विश्व विचको सिमालाई धमिल्याउँदै लगिरहेको छ ।

साथै, निकट भविष्यमा प्रयोगकर्ता अनुभवलाई थप बृहत्त बनाउन थ्रीडी कन्टेण्ट एक प्रमुख कारकका रुपमा विकसित हुने देखिन्छ ।

ईमेजिङ प्रविधि तथा प्रयोगकर्ताको आवश्यकता प्रतिको पृथक जानकारीका माध्यमबाट भविष्यमा नवप्रबर्तनात्मक प्रयोगमा आधारित एप्लिकेशनको विकास गर्दै जाने कम्पनीले प्रतिवबद्धता जानएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL