Logo

सेवा लघुवित्तको आईपीओ बैशाख १२ बाट, सि–आस्वा सदस्य सबै बैंकबाट आवेदन दिन सकिने

सेवा लघुवित्तको आईपीओ बैशाख १२ बाट, सि–आस्वा सदस्य सबै बैंकबाट आवेदन दिन सकिने



काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले बैशाख १२ गतेबाट साधार सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको कुल १ लाख ६७ हजार कित्ता आइपीओ वैशाख १२ गतेदेखि बिक्री खुल्ला हुने भएको छ ।

उक्त सेयर खरिदका लागि न्युनतम ५० कित्तादेखि अधिकतम ९ सय कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । बैंशाखा १२ गतेदेखि बिक्री खुला गरिने सो सेयर न्युनतम ४ दिनदेखि अघिकतम ३० सम्म खरिदका लागि आवेदन दिन सकिनेछ ।

सेवा लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । लाई नियुक्त गरेको छ । उक्त सेयरमा संस्थाको केन्द्रीय कार्यालय र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट दरखास्त दिन सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL