Logo

ज्ञवालीले भने, मलाई हटाइएको जानकारी आएको छैन निरन्तर काममै छु’

ज्ञवालीले भने, मलाई हटाइएको जानकारी आएको छैन निरन्तर काममै छु’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आफुलाई बर्खास्त गरेको सम्बन्धमा कुनै जानकारी नभएको बताएका छन । मन्त्री परिषद्को आजको बैठकले उनलाई बर्खास्त गरेको भनेपनि आफुलाई सो सम्बन्धमा कुनै जानकारी नभएको बताएका हुन् । आफु सदाझै निरन्तर अफिसको काममा रहेको र सो अवधिसम्म आफुलाई हटाएको सम्बन्धमा कुनै पत्र प्राप्त नभएको उनको तर्क छ ।

‘साँझ पाँच बजेसम्म म कार्यालयको काममा सदाझै व्यस्त भए,’ उनले भने, ‘सो समयसम्म मलाई हटाइएको पत्र आएको मलाई जानकारी छैन ।’ हटाइएको सम्बन्धमा आफुलाई आधिकारीक पत्र नआएसम्ममा कार्यलयको काममा लाग्ने समेत उनको भनाई छ ।

आफुलाई हटाइएको पत्रमा नआएमा सदाझै निरन्तर काममा खटिनेर यदि त्यस्तो पत्र आएमा कानुन सम्बत तरिकाले अघि बढ्न योजना रहेको ज्ञवाली निकट स्रोतले बताएको छ ।

सीईओ ज्ञवालीले हिजो मात्र सरकारलाई १२ पेज लामो स्पष्टीकरण पत्र बुझाएका थिए । त्यस लगत्तै आज वसेको मन्त्री परिषद्को बैंठकले उनलाई हटाएको विभिन्न मिडियामा समाचार अाएकाे थियाे । उनलाई हटाएको सम्बन्धमा नेकपा एमालेका पार्टी अध्यक्ष केपी ओलीले समेत आक्रोस व्यक्त गरेका छन् । प्राधिकरणको सीईओमा ज्ञवाली हुँदा सरकारमा रहेका राजनीतिक दलले आफ्ना कार्यकर्तालाई पैसा बाढ्न नपाएको र आफुले माग गरे बमोजिम रकम नदिएर अटाएको उनको आरोप छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL