Logo

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब नजिक

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब नजिक



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सामान्य वृद्धि देखिएको छ । कारोबार समयको पहिलो केहि घण्टा उच्च उकालो लागेको नेप्से अन्तिममा १ दशमलव ५४ अंकले बढ्दै २ हजार ९६ को विन्दुमा पुगेको हो ।

laxmi

आज दिनभर कुल २ सय ५८ कम्पनीका ५२ लाख ६ हजार ३ सय ७० कित्ता किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार रुपैयाँ पुगेको हो । आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसरी आज दिनभरको कारोबारमा १ सय ८ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १ सय १ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL