काठमाडौं । नेपालले चालु आर्थिक बर्षको २ महिनमा करिव साढे २ खर्बको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको साउन र भदौ महिनामा नेपालले २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो ।
यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशतले कम हो । गत बर्ष पहिलो २ महिनामा नेपालले २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।
यस अवधिमा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागका अनुसार २ महिनामै नेपालले उक्त बराबरको वस्तु आयात गर्दा निर्यात भने जम्मा २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको गरेको छ ।
चालु आवको २ महिनामा गत आवको सोही अवधिको तुलनामा आयातको व्यापार १३ प्रतिशतले घट्दा निर्यातको व्यापारमा पनि ३४.८८ प्रतिशतको गिरावट आएको छ ।