Logo

धौलागिरी लघुवित्तको आईपीओ खुल्यो, सर्वसाधारणका लागि ३ लाख ८ हजार २९५ कित्ता

धौलागिरी लघुवित्तको आईपीओ खुल्यो, सर्वसाधारणका लागि ३ लाख ८ हजार २९५ कित्ता



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आज अर्थात साउन २४ गतेदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

laxmi

कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

उक्त आईपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL