Logo

सिजी डिजिटलको नयाँ शोरुम बसुन्धारामा, ७ सय बढी प्रकारका घरायसी सामग्री एकै ठाउँमा पाईने

सिजी डिजिटलको नयाँ शोरुम बसुन्धारामा, ७ सय बढी प्रकारका घरायसी सामग्री एकै ठाउँमा पाईने



काठमाडौं । सिजी डिजिटलको नयाँ मल्टिब्राण्ड इलेक्ट्रोनिक्स शोरुम बसुन्धारामा सञ्चालनमा आएको छ । गोदरेज अप्लाइन्सेजका एक्पर्ट हेड सलाम सिंह र चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर निर्वाण चौधरीले उक्त शोरुमको उद्घाटन गरेका हुन् ।

laxmi

शोरुम वसुन्धारामा रहेको विशाल भवनमा रहेको छ । नयाँ शोरुमबाट ग्राहकहरुले एलजी, सिजी, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिका, ब्याक डेकर, बेको तथा माईडिया जस्ता ब्राण्डका सात सय भन्दा धेरै घरायसी उपकरणहरु खरिद गर्न सक्नेछन् ।

नयाँ शोरुम शुभारम्भका अवसरमा कम्पनीले आफ्ना उपकरणको खरीदमा विशेष छुट र पक्का उपहार प्रदान गर्नुका साथै ग्राहकको सुविधाको लागि निःशुल्क सामान डेलिभरी, लोयल्टी प्रोग्राम, निःशुल्क जडान, डेमो, शुन्य प्रतिशत ब्याजदरमा किस्तावन्दी, एक्सचेन्ज अफर जस्ता सुविधा पनि उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL