Logo

विदेशी पर्यटकलाई अनअराईभल भिसा खुला, नेपाल आएपछि अनिवार्य पिसिआर परिक्षण र क्वारेन्टिन

विदेशी पर्यटकलाई अनअराईभल भिसा खुला, नेपाल आएपछि अनिवार्य पिसिआर परिक्षण र क्वारेन्टिन



काठमाडौं । अब विदेशी पर्यटकले नेपाल घुम्न आउँदा त्रिभुवन विमानस्थलमा अनअराईभल भिसा पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार साँझ एक सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको जानकारी दिएको हो । पछिल्लो सममय पर्यटन व्यवसायीहरुले नेपाल घुम्न आउने पर्यटकहरुका लागि सहज वातावरण बनाईदिन भन्दै धेरै पटक आफ्ना मागहरु राखेका थिए ।

laxmi

सोही आधारमा मन्त्रालयले बिहीबार साँझ एक सूचना जारी गर्दै अनअराईभल भिसासँगै पीसीआर परिक्षण नेगेटिभ आएको खण्डमा घुम्न पाईने गरी निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार ७२ घण्टा अगाडीको कोरोना पीसीआर रिपोट नेगेटिभ आएको खण्डमा पर्यटकहरुले पर्यटनसँग सम्बन्धित ट्रेकिङ र पर्वतारोहण गर्न सक्ने भएका छन् । तर कोरोना रिपोर्ट पोजेटिभ आएमा भने स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नै खर्चमा रिपोर्ट नेगेटिभ नआएसम्म होटलमा बस्नपर्नेछ ।

मन्त्रालयको सूचनाअनुसार उताबाट पीसीआर परिक्षणको रिपोर्ट ल्याएर आएका पर्यटकले नेपालमा आई अनिवार्य पुनः पीसीआर परिक्षण गराउनुपर्नेछ । पीसीआरको रिपोर्ट नआउँदासम्म पर्यटकले आफ्नै खर्चमा क्वारेन्टाईनमा समेत बस्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL