Logo

दोस्रो हिमालयन ट्राभल मार्ट सुरु, ३७ देशका प्रतिनिधिको सहभागिता

दोस्रो हिमालयन ट्राभल मार्ट सुरु, ३७ देशका प्रतिनिधिको सहभागिता



काठमाडौं । दोस्रो हिमालयन ट्राभल मार्ट (एचटीएम) २०१८ शुक्रबार देखी सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड र प्यासीफीक एशिया ट्राभल एशोसिएसन (पाटा) को आयोजनामा काठमाडौंको सोल्टी होटलमा आज देखी सुरु भएको हो ।

पर्यटन सम्बन्धी अनुभवहरु आदानप्रदान गर्ने उद्देश्यले सुरु भएको उक्त मेलामा विश्वका ३७ भन्दा बढी देशहरुबाट सहभागीता भएको नेपाल पर्यटन बोर्डका प्रवक्ता सरद प्रधानले बताएका छन ।

नेपाली ५५ भन्दा बढी नेपाली स्टल रहने उक्त सम्मेलनको पहिलो दिन शुक्रबार हिमालयन ट्राभल मार्ट कन्फेरेन्सको आयोजना भईरहेको छ ।

जस अन्तरर्गत नेपालमा सन २०३० सम्ममा ५० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई मध्यनजर गर्दै विभिन्न सेसनहरु संचालन हुने प्रधानले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL