Logo

नेपाल भित्रने पर्यटकमा भारत र चीनको संख्या ३३ प्रतिशत

नेपाल भित्रने पर्यटकमा भारत र चीनको संख्या ३३ प्रतिशत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता  

२८ साउन,काठमाडौं । नेपालमा आउने पर्यटक मध्ये भारत र चीनबाट भित्र्ने पर्यटकको संख्या बढी रहेको छ । ती देशबाट नेपाल आउने पर्यटकको संख्या झण्डै ३३ प्रतिशत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

सन् २०१४ मा विभिन्न देशबाट ७ लाख ९० हजार पर्यटक नेपाल भित्रिएका थिए । जसमध्ये भारतबाट मात्रै १ लाख ३५ हजार पर्यटक नेपाल भित्रिएका छन् ।  त्यस्तै, चीनबाट १ लाख २३ हजार ८ सय ५ पर्यटक नेपाल आएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा भारत र चीनबाट मात्र २ लाख ५९ हजार पर्यटक नेपाल भित्रिएका छन् ।

यसैगरी नेपाल भित्रने पर्यटनमा अमेरिका, श्रीलंका, जापान,  अष्ट्रेलिया र थाइलयाण्ड अगाडी रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL