Logo

खूम्बुका ९० प्रतिशत होटल बस्न योग्य,ट्रेकिङ रुट पनि खतरामुक्त

खूम्बुका ९० प्रतिशत होटल बस्न योग्य,ट्रेकिङ रुट पनि खतरामुक्त


रामराजा श्रेष्ठ
27
Shares

आविष्कार खड्का

२१ साउन,काठमाडौं । भूकम्पपछी नेपाल भित्रने पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको अवस्थामा खूम्बुबासीहरुले ‘खूम्बु’ सुरक्षित भएको बताएका छन् । क्षतिग्रस्त खूम्बु क्षेत्रका घर तथा लजहरु पूर्ननिर्माणको कार्य सकिएको तथा बाटोहरु पनि खतरामुक्त भएको उनीहरुले जानकारी दिएका हुन् ।

बिहीबार खुम्बु शेर्पा संरक्षण समाजले आयोजना गरेको अन्तक्रिर्यात्मक कार्यक्रममा यस्तो जानकारी दिइएको हो । खूम्बुका ९० प्रतिशत होटल तथा लज बस्नका लागि योग्य भएको तथा बाटोहरु पनि सुरक्षित भएको संस्थाका अध्यक्ष तेन्जिङ तासी शेर्पाले बताए । ‘चौरिखर्कदेखि खुम्जुङसम्मको ट्रेकिङ रुट पनि सुरक्षित छ,’ उनले भने, ‘त्यस्तै लुक्लाबाट आउँदा काहिँकाहीँ सुख्खा पहिरो गएपनि खतरा छैन ।’

सो अवसरमा उनले खुम्बुका क्षतीग्रस्त सांस्कृतिक धरोहर पूर्ननिर्माणमा भने सरकारको ध्यान नपुगेको गुनासो गरे । साथै लुक्कलासम्म नेपाल वायु सेवा निगमको जहाज पुर्याउन सरकारसमक्ष आग्रह गरे ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मान्त्रि कृपाशुर शेर्पाले खुम्बु बासीले योजनाबद्ध कार्यक्रम लिएर आएमा सम्बोधन गर्न तयार भएको बताए । त्यस्तै लुक्लामा जहाज नपुगेकोमा आफु बेखबर भएको समेत जानकारी दिए । ‘लुक्लामा नेपाल वायु सेवा निगमको जहाज पुर्याउन आजै निर्देशन दिने छु,’ उनले भने । सांस्कृतिक तथा ऐतिहासिक धरोहरलाई पुन निर्माणमा विशेष प्राथमिकताका साथ अगाडी बढाइने बताए ।

सो अवसरमा सभासद बलबहादुर केसीले भुकम्पपछीको ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिएका अन्य क्षेत्रलाई जस्तो राहत उपलब्ध गराउने जिम्मेबारी आफुले लिने बताए । साथै सांस्कृतिक धरोहरको पुर्ननिर्माणमा पनि सहयोग गर्ने आश्वासन दिए ।

सो अवसरमा सहभागीले युरोपियन मुलुकहरुमा नेपाल ध्वस्त भएको भ्रमात्मक समाचार पुगेकोमा गुनासो व्यक्त गरे । पर्यटकीय दृष्टीकोणले खूम्वु क्षेत्र सुरक्षित भएको जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL