Logo

बैशाख ३ गतेसम्म अन्तरराष्ट्रिय उडानमा रोक लगाउने उच्चस्तरीय समितिको निर्णय

बैशाख ३ गतेसम्म अन्तरराष्ट्रिय उडानमा रोक लगाउने उच्चस्तरीय समितिको निर्णय



काठमाडौं । सरकारले नेपाल आउने अन्तरराष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।

laxmi

कोभिड १९ (कोरोना भाईरस) को संक्रमण बढ्दै गए पछि सरकारले अन्तरराष्ट्रिय उडानलाई बैशाख ३ गतेसम्म रोक्ने भएको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तरराष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL