Logo

हिमालयन ट्राभल मार्ट आयोजना हुँदै, ब्लगर सम्मेलनको तयारीमा पाटा

हिमालयन ट्राभल मार्ट आयोजना हुँदै, ब्लगर सम्मेलनको तयारीमा पाटा


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

laxmi

३१ असार,काठमाडौं । नेपालमा आगामी मे महीनामा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । भूकम्पपछी सुस्ताएको पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ ट्राभल मार्ट आयोजना गर्न लागिएको आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले बताएको छ । सन् २०१६ मे २९ अर्थात् अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसर पारी मार्ट आयोजना गर्न लागिएको हो । पाटाले बुधवार राजधानीमा एक कार्यक्रममार्फत मार्ट आयोजनाको तयारी शुरू भएको घोषणा गरेको छ ।

ट्राभल मार्ट ‘ट्रेड प्रदर्शनी’का रूपमा आयोजना हुने बताइएको छ । कार्यक्रममा नेपाल र हिमाली क्षेत्रप्रति चासो राख्ने विश्वभरका क्रेता सहभागी हुने अपेक्षा गरिएको छ । सो कार्यक्रमलाई बिजनेश टू बिजनेश (बीटूबी) इभेण्टका रूपमा उपयोग गर्न सकिने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए ।

 नेपालमा बढी पर्यटक भित्रने मुलुकका व्यवसायीलाई मार्टमा सहभागिताका लागि प्रोत्साहन गर्ने लक्ष्य राखिएको पाटा नेपालका सचिव हरिमान लामाले बताए ।

मार्टका लागि नेपाल पर्यटन बोर्ड, नेपाल सरकार तथा पर्यटनसँग सम्बन्धित सरोकारवाला सङ्घसंस्थासँग सहकार्य गरिने भएको छ । ।पाटाले केही समयअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष सुझाव र कार्यक्रमसहितको ‘पाटा नेपाल ¥यापिड रिकोभरी टास्क फोर्स’ नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

पाटाले फाम ट्रिप तथा ‘ब्लगर सम्मेलन’जस्ता अन्य गतिविधि गर्ने योजना समेत सार्वजनिक गरेको छ । यसै क्रममा आगामी सेप्टेम्बरमा अन्तरराष्ट्रिय क्षेत्रमा चर्चित ब्लगरलाई नेपालमा भेला गराउने र उनीहरूमार्फत सामाजिक सञ्जालको प्रयोग गरी नेपालको व्यापक प्रचार–प्रसार गर्ने योजना रहेको सचिव लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL