Logo

नेपाल वायुसेवा निगम र भ्रमण वर्ष सचिवालयबीच सम्झौता

नेपाल वायुसेवा निगम र भ्रमण वर्ष सचिवालयबीच सम्झौता



काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच सम्झौता भएको छ ।

laxmi

सम्झौता अनुसार भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ । साथै सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवद्र्धनलाई मद्दत पुर्याउन निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिनेछ ।

साथै निगमको अन्तरराष्ट्रिय उडान भएका मुलुकहरुमा सचिवालयले आयोजना गर्ने कार्यक्रममा निगमलाई सहभागी गराउने निगमले जानकारी दिएको छ । निगमका संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवलायका सदस्य सचिव बच्चु नारायण श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL