Logo

पाटा बेष्ट एन्गेजमेन्ट अवार्ड लगातार तेस्रो पटक नेपाललाई

पाटा बेष्ट एन्गेजमेन्ट अवार्ड लगातार तेस्रो पटक नेपाललाई



काठमाडौं । पाटा नेपाल च्याप्टरले लगातार तेस्रो पटक ‘पाटा बेष्ट एन्गेजमेन्ट विद यङ्ग टुरिज्म प्रोफेशनल’ अवार्ड हात पारेका छन । काजखस्तानको नूरसुल्तान (अस्टाना) मा आयोजित पाटा ट्राभल मार्टको ४२ औं संस्करणले नेपाललाई उक्त हवार्ड प्रदान गरेको हो ।

laxmi

शनिबार भएको एक कार्यक्रमकाबीच पाटा बोर्ड डिनर तथा च्याप्टर अवार्ड प्रिजेन्टेशन समारोहमा पाटा अध्यक्ष क्रिस बोट्रिल र प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडाललाई उक्त अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै बुडालले नेपाल भ्रमण बर्ष २०२० पर्यटन प्रवद्र्धनात्मक गतिविधि तथा संस्थाले गरेका कार्यहरु एवं भावी योजनाका बारेमा जानकारी दिएका थिए । उनले लगातार तेस्रो पटक पाटा बेष्ट च्याप्टर अवार्ड पाउनु गर्वको विषय भएको र पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा आबद्ध सम्पूर्ण विद्यार्थीहरुको निरन्तर लगाव र समर्पणको नतिजा भएको बताएका छन ।

सोही कार्यक्रममा पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले ५ वटा निजि क्षेत्रका पर्यटन ब्यवसायी कम्पनिहरु क्रमशः द एक्सप्लोर नेपाल, नेपाल होलिडे मेकर्स टुर्स एण्ड ट्राभल्स, हिमालयन होलिडेज, फिसटेल टुर्स एण्ड ट्राभल्स र भृकुटी हिमालयन ट्रेक्सले अस्टानामा अयोजित मार्टमा नेपालको गन्तब्यहरुको प्रवर्धन गरेका थिए ।

काजखस्तानमा भएको उक्त बजरमा विश्वभरीका ६३ गन्तब्यहरुबाट १२ सय जनाले सहभागिता जनाएका थिए । जसमा ३४७ विक्रेता र २४४ संस्था तथा ४८ स्रोत बजारहरुबाट कुल २५२ क्रेताहरुबीच ब्यापार भएको थियो ।

मार्टमा आमन्त्रित क्रेताहरु तथा सहभागीहरुबीच आगामी वर्ष फेब्रुअरी तथा जूनमा आयोजना गरिने नेपाल ईन्डिया चाईना एक्स्पो (नाईस) र हिमालयन ट्राभल मार्ट २०२० को समेत प्रचारप्रसार एवं प्रवर्धन गरिएको पाटा नेपालले जानकारी दिएको छ ।

नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले नेपालका लागि पाटा ट्राभल मार्टको सहभागिता नेटवर्किङ, व्यापार विस्तार तथा पर्यटन प्रवर्धनका लागि संँधै सफल र प्रभावकारी रहेको बताएकी छिन । नेपाल काजखस्तानीहरुको लागि नयाँ गन्तव्य रहेको र विश्वव्यापी क्रेताहरु अर्जेन्टिना, स्पेन जस्ता दक्षिण अमेरिकी मुलुकहरुबाट समेत नेपाल भ्रमण गर्न आतुर रहेको श्रेष्ठले जानकारी दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्
MBL