Logo

Global_Ime

वायुसेवा निगमका कामु निर्देशक पहाडी बिरुद्द बिशेष अदालतमा मुद्दा दायर

वायुसेवा निगमका कामु निर्देशक पहाडी बिरुद्द बिशेष अदालतमा मुद्दा दायर


रामराजा श्रेष्ठ
54
Shares

 

Laxmi_sunrise

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा नेपाल वायुसेवा निगमका कायम मुकायम निर्देशक अच्युतराज पहाडी बिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले करिब २० लाख रुपैंया अनियमितता गरेको आरोप पत्रमा जनाइएको छ ।

पहाडीले विमानलाइ चाहिने टायर स्टक हुँदाहुँदै  बजार मुल्यभन्दा दोब्बरमा खरिद गरेको पाईएको थियो । ७८० डलर पर्ने मेन टायर १ हजार ४७५ मा तथा ५७५ डलर पर्ने नोज टायर १ हजार १० डलरमा खरिद गरेको पाइएको अख्तियारले जनाएको छ । साथै ढुवानीका लागि आफ्नै विमान हँदाहुँदै भाडमा ढुवानी गरेको पनि आरोप पत्रमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL