Logo

हिमाललाई कालापथ्थर हुनबाट जोगाउनु पर्छ : मन्त्री बास्कोटा

हिमाललाई कालापथ्थर हुनबाट जोगाउनु पर्छ : मन्त्री बास्कोटा



काठमाडौं । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हिमाललाई कालापथ्थर हुनबाट जोगाउनु पर्ने बताएका छन ।

अहिले कतिपय हिमालहरुमा हिँउ नदेखिने तथा हिमालहरु विस्तारै कालोहुँदै गएको भन्दै मन्त्री वास्कोटाले हिमाललाई जोगाउनु पर्ने बताएका हुन । यस क्षेत्रमा संलग्नहुने सबैले हिमाललाई जोगाउन लाग्नु पर्ने उनको भनाई थियो ।

सरकारलगायत यस क्षेत्रमा काम गर्ने सबै संघसंस्थाले बेलैमा हिमालको सुरक्षामा ध्यान नदिने र संरक्षण नगर्ने हो भने कुनै दिन कालोपथ्थरमा परिवर्तन हुने र जसले गर्दा नेपालले कुनै लाभ लिन नसक्ने मन्त्री बास्कोटाले बताएका हुन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोड, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) लगायतको सहभागितामा भएको १२ औं अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसरमा उनले सो कुरा बताएका हुन ।

‘कोही नेपाल आउँछन भने हिमाल हेर्नकै लागि आउने हो पहाड हेर्नका लागि आउने होइन,’ उनले भने, ‘पर्यटन क्षेत्र भर्खरै तंग्रिँदै छ यसलाई हामी सबैले जोगाएर लैजान सक्नु पर्छ प्रत्येक हिमालको सुरक्षामा विशेष ध्यान दिन जरुरी छ ।’

त्यस्तै मनाङमा माउण्टेरिङ विद्यालय बनाउनका लागि दक्षिण कोरियाका ओमहंग गील र नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तबीर लामाले सम्झौतामा हस्ताक्षर समेत गरेका छन ।

सोही अवसरमा नेपालका पर्यटन क्षेत्रमा सहयोग पुर्याउने दक्षिण कोरियाका ओमहंग गील, सरएडमण हिलारीका छोरी लारा हिलारी लगायतलाई सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL