काठमाडौं । नेपाल वायु सेवा निगमले २०८२ असार मसान्तसम्मका लागि ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ ऋण भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी विमानको किस्ता रकम पूर्ण रूपमा चुक्ता गरेको हो भने दुई वाइडबडी विमानको आंशिक भुक्तानी गरेको छ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये सो रकम असार ३२ गते भुक्तानी गरेको हो।
कुल मिलाएर निगमले जहाज खरिदसम्बन्धी ऋण दायित्व अन्तर्गत २०८२ असार मसान्तसम्म ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३ सय ७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ।