Logo

निगमले पायो खतराजन्य वस्तु बोक्ने अनुमति, विद्युतीय सामानको ओसारपसार सहज हुने

निगमले पायो खतराजन्य वस्तु बोक्ने अनुमति, विद्युतीय सामानको ओसारपसार सहज हुने



काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपल्ट खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति पाएको छ । निगमले नागरिक उड्डयन संगठन (आईकाओ)ले तोकेको खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरुको मापदण्ड पुरा गरेपछि उक्त अनुमति पाएको हो ।

निगमले विगत ६ दशकभन्दा बढी अवधिदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको निर्देशनमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रिय सहभागितामा निगमले आÏनो इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्ने वायुसेवाको रुपमा अनुमति प्राप्त गरेको निगमले जानकारी दिएको छ ।

पर्यटनमन्त्रीको उपस्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले खतराजन्य पदार्थ ओसारपसार अनुमति पत्र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गरेका छन् ।

मन्त्रालयमा आयोजित उक्त कार्यक्रममा मन्त्री आलेले निगमले प्राप्त गरेको प्रमाण पत्र उच्चतम् कार्यको प्रतिफल र सह्रानीय कार्य भएको उल्लेख गरे ।

विगत ६३ वर्षदेखि हालसम्म निगमले जनरल कार्गाे ओसारपसारमा मात्र सीमित रहेकोमा आगामी दिनहरुमा खतराजन्य पदार्थ अन्तर्गत पर्ने कार्गो सामानहरुको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउनेछ । निगमको ए–३३० जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकोमा आगामी दिनमा खतराजन्य पदार्थ अन्तर्गतका विभिन्न औषधीजन्य र विद्युतीय सामान लगायतका सामानहरुको ओसारपसारमा सहजता भई उक्त विमानहरुको उच्चतम् सदुपयोग भई निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL