Logo

टेलिकमको ६ दिनसम्मको सवै सेवा निःशुल्क, जिरो ब्यालेन्समै कल सेवा जारी, आज रातिदेखि सेवा शुल्क लाग्ने

टेलिकमको ६ दिनसम्मको सवै सेवा निःशुल्क, जिरो ब्यालेन्समै कल सेवा जारी, आज रातिदेखि सेवा शुल्क लाग्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
१७ वैशाख, काठमाडौं ।
नेपाल टेलिकमले महा भुकम्पको बेला प्रयोग भएको सवै सेवाको शुल्न नलिने भएको छ । कम्पनीले शनिवारदेखि बिहीवारसम्मको सवै सेवावापतको शुल्क नलिने भएको हो । टेलिमले विज्ञप्ती जारी गर्दै महा भुकम्प गएयता ६ दिनसम्म टेलिकमका ग्राहकले गरेको सवै प्रकारका मोबाइल तथा डेटा (इन्टरनेट) सेवाको शुल्न नलिने जानकारी दिएको हो ।
भुकम्पको पीडाबाट आहत भएका सम्पुर्ण उपभोक्तालाई राहत पुगोस् भन्ने उद्देश्यले २०७२ बैशाख १२ गते (दिनको १२ बजे) देखि २०७२ बैशाख १७ गते रातको १२ बजेसम्मको मोबाइल तथा डेटाको प्रयोगलाई निःशुल्क गराएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । अब बिहीवार राति १२ बजेपछि हुने सवै प्रकारको मोबाइल तथा इण्टरनेट सेवामा भने शुल्क लिने छ । ‘अझै पनि रिचार्ज कार्ड उपलब्ध नभएको तथा ब्यालेन्स नभएको अवस्थामा मोबाइल फोन तथा इन्टरनेट प्रयोग गर्न सकिन्छ’ उनले भनिन्, र्, तर, बिहीवार राति पछि हुने सवै सेवा वापतको शुल्क भने लिइने छ ।’
टेलिकमले पीएसटीएन सेवामा भने बैशाख महिनाको न्यूनतम महसुलमा थप १ सय कल निःशुल्क गरेको छ । एडीएसएल सेवामा भने बैशाख महिनाको लागि एक हप्ताको अवधि थप गरिएको उनले जानकारी दिद्यइन् । त्यस्तै, कम्पनीले वाईम्याक्स मार्फत सञ्चालन गरिएको वाईफाई हटस्पट सेवा वैशाख १७ गतेदेखि वैशाख ३१ गतेसम्म निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL