Logo

एनसेलको थ्रिजी ६२ जिल्लामा पुग्यो, अछाम र वैतडीमा पनि शुरु

एनसेलको थ्रिजी ६२ जिल्लामा पुग्यो, अछाम र वैतडीमा पनि शुरु


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२७ चैत काठमाडौं । एनसेलले वैतडी र अछाम जिल्लामा पनि थ्रिजी सेवा शुरु गरेको छ । डेटा सेवा विस्तारलाई जोड दिदै एनसेलले थ्रिजी विस्तार गरेको जनाएको छ । यससँगै एनसेलको थ्रिजी सेवा ६२ जिल्लामा पुगेको एनसेलका र्पोरेट कम्युनिकेशन एक्स्पर्ट मिलनमणी शर्माले बताए ।

एनसेलले अछामको मंगलसेन र वैतडीको दशरथचन्द नगरपालिकामा गत साताबाट थ्रिजी टावर सञ्चालनमा ल्याएको हो । जिल्लाका अन्यभागमा पनि क्रमशः थ्रिजी विस्तार गर्दै लैजाने जानकारी उनले दिए । “थप केहि जिल्लामा निकट भविष्यमै र बाँकि जिल्लामा पनि क्रमशः थ्रिजीविस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ,” शर्माले भने ।
थ्रिजीले डेटा प्रयोगलाई सहज बनाउँदै ग्राहकलाई आफन्तसँग च्याट, भिडियो च्याट, सामाजीक सञ्जालमा फोटो भिडियो शेयर गर्न, संसारभरका समाचारको अपडेट गर्न तथा विभिन्न विषयमा जानकारी लिन सहज बनाउँछ ।

Ncell 3g - bizkhabar

देशको सबै जील्ला माभ्वाइस सेवा प्रदान गर्दै आएको एनसेलले पछिल्लो समय थ्रिजी विस्तारमा विशेष काम गरिरहेको जनाएछ । शहरी तथा शहरोन्मुख क्षेत्रमा पहिले देखि नै थ्रिजी सेवा पु¥याएको एनसेलले पछिल्लो समय ग्रामिण भेग तथा दुर्गम जिल्लामा समेत सेवा विस्तार गरेको उनले बताए ।
२०१० मै सगरमाथाआधार शिविरको ५२०० मिटरमा थ्रिजी स्टेसन संचालन गरेर संसारकै अग्लो स्थानमा थ्रिजी स्टेशनरहेको कम्पनीको रुपमादरिएको एनसेलले दैलेख, रुकुम, रोल्पा, सल्यान, रसुवालगाायतका जील्लाहरुमा पनि थ्रिजी संचालन गरिरहेको उनले बताए ।

विभिन्न प्याकअनुसार एनसेलको १० जीबी को प्याकप्रयोग गर्ने ग्राहकले करिब ३० पैसा प्रतिएमबी (कर वाहेक) को दरमा डेटा उपभोग गर्न सक्छन् । प्याकखरिद नगरि डेटा प्रयोगगर्दाको दर प्रतिएमबी कर बाहेक रु ३ लागने भएपनिग्राहकले सुपरनेट भन्ने योजनानिःशुल्क एक्टिभेट गरेर रु १ प्रतिएमबी सम्म डेटा प्रयोग गर्न सक्छन् । यससँगै कम्पनीले आफ्नाग्राहककालागि विकिपिडीया, विश्वकै सबैभन्दा ठूलो अनलाइन पुस्तकालय, तथा ट्विटर निःशुल्कप्रयोग गर्न सक्ने सुविधाप्रदानगर्दै आएको उनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL