Logo

तीन सातापछि टेलिकमको विवाद टुंगीयो, ९ बुंदे सहमती, आन्दोलन स्थगित, गुणस्तरमा सुधार आउने दाबी

तीन सातापछि टेलिकमको विवाद टुंगीयो, ९ बुंदे सहमती, आन्दोलन स्थगित, गुणस्तरमा सुधार आउने दाबी



काठमाडौं । करीब तीन साता पछि नेपाल टेलिकमभित्रको विवाद टुंगिएको छ । नेपाल टेलिकममा प्राविधिक प्रबन्ध निर्देशक नियुक्ती गर्नेपर्नेलगायत विभिन्न माग राख्दै आन्दोलनरत कर्मचारी र सञ्चालक समितीबीच ९ बुदे सहमती भएपछि टेलिकमभित्रको विवाद टुंगिएको हो । एक साता भन्दा लामो औपचारिक वार्तापछि आन्दोलनरत कर्मचारी र सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवम् सञ्चालक समितिका अध्यक्ष सुनिलकुमार मल्लबीच शुक्रवार राति ९ बुदे सहमती भएको हो ।

आन्दोलनरत कर्मचारी, सक्रिय कर्मचारी युनियन र सञ्चालक समितिबीच नेपाल टेलिकममा एक वर्षभित्र नयाँ प्रक्रियाबाट प्रबन्ध निर्देशक नियुक्ती गर्ने, प्रबन्ध निर्देशक छनौटको विधि बनाउन तीन सदस्सीय समिति बनाउने, प्रबन्ध निर्देशकको समायवधि सकिएपछि स्वतः अवकास हुनेलगायत सहमती भएको नेपाल टेलिकम प्राविधिक समूह संघर्ष समितिका संयोजक दिनेश चन्द्र पन्थीले विजखबरलाई बताए । त्यस्तै, तीन महिनाभित्र स्वच्छिक अवकास लागु गर्ने, आन्तरिक सुधार गर्ने, कर्मचारीको वृति विकासका लागि विभिन्न तालिम तथा कार्यक्रम ल्याउनेलगायतका सहमती समेत भएको छ । लामो प्रयासपछि भएका समहतीले संस्था, कर्मचारी र उपभोक्ता लाभान्वित हुने उहाँको दाबी छ ।

सरकारले गत भदौ १९ गते नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा तत्कालिन निमित्त प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यलाई नियुक्त गरेको थियो । भारतको दि इन्ष्टिच्युट अफ चार्टड एकाउन्टेण्टस अफ इण्डियाबाट चार्टड एकाउन्टेण्सी उतिर्ण गर्नुभएका आचार्य २०५७ सालमा कम्पनीमा दशौं तह (प्रबन्धकको पदमा) बाट प्रबेश गर्नुभएको थियो । समितिले आचार्य गैह्र प्राविधक भन्दै उहाँको नियुक्तिको विरोध गरेको थियो ।

लामो विवादपछि भएको सहमतीले संस्थालाई नयाँ उचाईमा पुर्याउने प्रबन्ध निर्देशक आचार्यले बताए । संस्थागत सुसाशन र कर्मचारीको वृत्ति विकासका सम्बन्धमा व्यवस्थापन सहितको सहभागीतामा आन्दोलनरत कर्मचारी र सञ्चालक समितिबीच सहमती भएको उनको भनाई थियो ।

सहमतीमा एक वर्षभित्रै नयाँ प्रक्रियाबाट प्रबन्ध निर्देशक नियुक्ती गरिने पनि उल्लेख छ । यससँगै अब प्रबन्ध निर्देशक आचार्यको कार्यकाल एक वर्ष घटेको छ । त्यस्तै, प्रबन्ध निर्देशकको समायवधि सकिएपछि स्वतः अवकास हुने व्यवस्था गरिने भएकाले नयाँ प्रक्रिया शुरु भएपछि वर्तमान र यसअघिका प्रबन्ध निर्देशक फेरि टेलिकममा काम गर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL