Logo

फोरजीमा सिफ्ट हुदै थ्रीजी प्रयोगकर्ता, एक बर्षमै साढे २ लाखले घटे थ्रिजीका ग्राहक

फोरजीमा सिफ्ट हुदै थ्रीजी प्रयोगकर्ता, एक बर्षमै साढे २ लाखले घटे थ्रिजीका ग्राहक



काठमाडौं । दूरसंचार क्षेत्रमा भित्रिएको नयाँ प्रविधिसंगै पुरानो प्रविधि प्रयोग गर्नेको संख्या घटदै गएको छ । नेपालमा मोबाइल ब्रोडब्याण्ड सेवा प्रयोगकर्ता संख्याले उक्त कुरा प्रमाणित गरेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एमआइएस) प्रतिवेदन प्रतिवेदन अनुसार पछिल्लो एक बर्षमा मात्रै थ्रिजीका साढे २ लाख बढी प्रयोगकर्ता फोरजीमा आएका छन् । कन्टेन्टको बढ्दो गुणस्तर र इन्टरनेटको प्रयोगका कारण पुरानो प्रविधि अर्थात थ्रिजी सेवामा धेरैको आकर्षण घटिरहको उक्त तथ्यांकले देखाउँछ ।

laxmi

नेपालमा हाल थ्रीजी प्रयोगकर्ताको संख्या एक करोड १५ लाख तिन हजार रहेको छ । गत बर्षको सोही अवधिसम्म थ्रीजी प्रयोगकर्ता १ करोड १७ लाख ६० हजार रहेका थिए । प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो एकबर्षमा थ्रीजी प्रयोगकर्ताको संख्या घटेको देखिन्छ ।

नेपालमा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या विस्तारै थ्रीजी बाट फोरजीतर्फ मोडिदैछन । पछिल्लो एकबर्षमा फोरजी प्रयोगकर्ता ९२ लाख बढिले थपिएका छन । २०७८ चैत सम्म फोरजी प्रयोगकर्ता कुल एक करोड ७१ लाख पुगेका छन । एक बर्ष पहिले २०७७ चैत्रसम्ममा फोरजी प्रयोगकर्ता जम्मा ७८ लाख ७१ हजार रहेका थिए । पछिल्लो एक बर्षमा फोरजी प्रयोगकर्ताको संख्या भने ९२ लाख ३१ हजार ८ सय ८६ ले थपिएका छन । जवकी थ्रीजी प्रयोगकर्ता भने उक्त अवधिमा दुई लाख ५७ हजारले घटेका छन ।

पछिल्लो एक बर्षको अवधिमा समग्र ब्रोडब्याण्ड प्रयोगकर्र्ता एक करोड ७ लाख ३४ हजारले थपिएका छन । नेपाल दूरसंचार प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो एक बर्षमा फोरजी प्रयोगकर्ताको संख्या भने ९२ लाख ३१ हजार ८ सय ८६ ले थपिएका छन । गतबर्षको उक्त अवधिमा ७८ लाख ७१ हजार मात्र रहेकोमा चालु आवको उक्त अवधिमा कुल एक करोड ७१ लाख फोरजी प्रयोगकर्ता पुगेका छन ।

जसमा नेपाल टेलिकमका सबैभन्दा धेरै ७७ लाख ८५ हजार प्रयोगकर्ता थपिएका छन । गत वर्षको उक्त अवधिमा फोरजी प्रयोगकर्ता २६ लाख ३६ हजार रहेकोमा चालु आवको उक्त अवधिमा एक करोड ४ लाख २१ हजार पुगेका छन । यस्तै एनसेलका १५ लाख ४ हजार प्रयोगकर्ता थपिएका छन । स्मार्टटेलिकमका फोरजी प्रयोगकर्ता भने सोहि अवधिमा ५८ हजारले घटेका छन । यस्तै यस अवधिमा कुल मोवाईल ब्रोडव्याण्ड प्रयोग कर्ता साढे २८ प्रतिशतले बढेका छन । चालु आर्थिक बर्षको चैत्रसम्म गत आवको चैत्रको तुलनामा मोबाईल ब्रोडव्याण्ड प्रयोगकर्ता एक करोड ७ लाख ३४ हजारले बढिरहेका छन ।

प्रविधिको विकास संगै ग्राहकका रुचि परिबर्तन हुनु र सेवाप्रदायक संस्थाले लिने नीतिका कारण सेवाग्राही थ्रीजीबाट फोरजी तर्फ मोडिएको हुन । यद्धपि फोरजी पनि कतिपय स्थानमा नाम मात्रकै भएको र सिग्नल देखाउने तर ईन्टरनेट थ्रीजी भन्दापनि कमजोर चल्ने गरेको सेवाग्राहिको गुनासो रहेको छ । यस्तै फिक्स ब्रोडब्याण्ड वाईर्ड अन्र्तगत एफटीटीएच प्रयोगकर्ता २१ लाख ७९ हजारले बढेका छन । इन्टरनेट लिजलाईन ५३ ले घटेका छन । यसैगरि एडिएसएल प्रयोगकर्ता तीन लाख ६ हजारले घटेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL