Logo

एनसेलको आम्दानी १ अर्ब ५० करोडले घट्यो, ३ महिनामा कमायो १० अर्ब ५३ करोड

एनसेलको आम्दानी १ अर्ब ५० करोडले घट्यो, ३ महिनामा कमायो १० अर्ब ५३ करोड



काठमाडौं । एनसेल आजियाटा लिमिटेडको आम्दानीमा १ अर्ब ५० करोड ७० लाख रुपैयाँको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार सन २०२१ को पहिलो ३ महिनामा कम्पनीको आम्दानीमा गिरावट आउँदा जम्मा आम्दानी १० अर्ब ५३ करोड २० लाख रुपैयाँ पुगेको हो ।

laxmi

कम्पनीको आम्दानीमा १ अर्ब ५० करोडको गिरावट आउँदा कूल आम्दानी गिरावट देखिएको छ । कम्पनीले गत बर्षको पहिलो तीन महिनामा १२ अर्ब ३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको कर तथा दायीत्व कट्टी गरिसकेपछिको नाफा पनि यो अवधिमा ७५ करोड २० लाख रुपैयाँले घटेको छ ।

गत वर्षको पहिलो त्रैमासिकमा १ अर्ब ६१ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको एनसेलले यस वर्षको सोही अवधिमा १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ कमाएको हो ।

कम्पनीले सन २०२० को दोस्रो त्रैमासिक अवधिमा ९ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसरी नाफा र कूल आम्दानीमा गिरावट आएपछि यस अवधिमा कम्पनीले आफ्ना प्रयोगकर्ताबाट प्रति प्रयोगकर्ता २ सय १८ रुपैयाँ कमाएको छ । जुन गत बर्षको पहिलो तीन महिनामा प्रति प्रयोगकर्ताबाट औषत २ सय ३३ रुपैयाँ कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL