इन्टरनेट गभर्नेन्स फोरमको म्याग सदस्यमा आनन्दराज खनाल पुनः नियुक्त, दुई कार्यकाल सफलतापूर्वक काम गरेको अनुभव


बिजखबर संवाददाता
18 November, 2020 11:34 am

aanandaraj khanal

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल इन्टरनेट गभर्नेन्स फोरम (आइजीएफ) को मल्टी स्टेकहोल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा पुनः नियुक्ति भएका छन् ।

FoneLoan-250x250
Yamaha_250X250

सयुक्त राष्ट्र संघका महासचिवद्वारा खनाललाई म्याग सदस्यमा नेपालबाट लगातार तेस्रो पटक नियुक्त गरिएको हो । खनालले यसअघि पनि लगातार २ कार्यकाल म्यागको सदस्य भई काम गरिसकेका छन् ।

सन् २०२१ का लागि म्यागको चेयरम्यानमा साउथ अफ्रिकाका एस्टरहुयसेन एनिरेट नियुक्त भएका छन् । उनी सन् २०२० मा पनि आइजीएफको अध्यक्ष रहेका थिए ।

सन् २०२१ का लागि म्यागमा जम्मा ४० सदस्य रहेका छन् । जसमा १५ जना नयाँ सदस्य रहेका छन् । म्यागमा सबै सरोकारवाला समूह, सरकार, नागरिक समाज, निजी क्षेत्र र प्राविधिको समुदायको प्रतिनिधित्व रहेको छ ।

आइजीएफ सन् २००६ मा सयुक्त राष्ट्र संघका महासचिवद्वारा स्थापना गरिएको थियो । यो फोरमले इन्टरनेटको स्थायित्व, मजबुती, सुरक्षा, स्थिरता र विकास जस्ता इन्टरनेट गभर्नेन्स सम्बन्धित सार्वजनिक नीतिमा छलफल गर्छ ।

प्रतिक्रिया दिनुहोस्