Logo

कात्तिक ८ गते अगावै विदेशी च्यानल विज्ञापनरहित बनाउन सरकारलाई निर्देशन, मन्त्रालयसँग कार्ययोजना माग

कात्तिक ८ गते अगावै विदेशी च्यानल विज्ञापनरहित बनाउन सरकारलाई निर्देशन, मन्त्रालयसँग कार्ययोजना माग



काठमाडौं । नेपालमा प्रसारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई आगामी कात्तिक ८ गते अगावै विज्ञापनरहित (क्लिन फिड) बनाउन संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।

नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि सुरु हुँदैछ । त्यसैले समितिले उक्त मिति भन्दा एक दिनअघि नै नेपालमा क्लिन फिड सुरु गर्न निर्देशन दिएको हो ।

सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रसारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो ।

समितिले नेपालबाट विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गर्ने नीति (फिड इन) नलिन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलको प्रसारण रोक्न मन्त्रालयले बनाएको योजना पनि समितिले मागेको छ । यो ऐनको कार्यान्वयनबाट नेपालमा कतिवटा विदेशी च्यानल रोकिने अवस्थामा रहेका छन् र यसले पार्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा मन्त्रालयको धारणा १५ दिनभित्र पठाउन पनि समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL