Logo

४१ जिल्लाका सबै स्थानमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, लक्ष्यको ६२ प्रतिशत काम सम्पन्न

४१ जिल्लाका सबै स्थानमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, लक्ष्यको ६२ प्रतिशत काम सम्पन्न



काठमाडौं । नेपालभर ब्रोडब्याण्ड ईन्टरनेट पुर्याउने लक्ष्यअनुरुप ४१ जिल्लामा शतप्रतिशत काम सम्पन्न भएको छ । नेपाल दूरसंचार प्राधिकरणका अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्म १८ ओटा प्याकेजमध्ये ११ ओटा प्याकेजको काम शतप्रतिशत भएको हो । ग्रामिण दूरसंचार विकासकोष अन्तर्गत संचालित उक्त १८ ओटा परियोजना अन्तर्गत सम्पुर्ण सामुदायीक विद्यालय, स्वास्थ्य केन्द्र, नगरपालिका, गाउँपालिका तथा वडाकार्यालयहरुमा ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच पुर्याईएको छ ।

प्राधिकरणका अनुसार ग्रामिण दुरसंचार विकास कोषमार्फत विभिन्न ७ सय १ स्थानीय तह, ५ हजार ९ सय ५२ वडा कार्यालय, ५ हजार ५ सय ९७ माध्यामिक विद्यालय र ४ हजार ३ सय ५१ ओटा स्वास्थ्य संस्था गरी कुल १६ हजार ६ सय १ स्थानमा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याउनुपर्ने थियो । तर गत आर्थिक बर्षको असार मसान्तसम्म ४ सय ४७ ओटा स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट पुगेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार ५ हजार ९ सय ५१ ओटा वडा कार्यालयमा जडान गर्नुपर्ने ईन्टरनेट हालसम्म ३ हजार ७ सय ३८ वडा कार्यालयमा जडान गरिएको छ । यस्तै ३ हजार ४८ ओटा माध्यामिक विद्यालयमा ईन्टरनेट जडान गर्दा जडान भएका स्वास्थ्य संस्थाको संख्या २ हजार ६ सय पुगेको छ ।
यसरी हेर्दा सन २०२० सम्ममा नेपालका सबै स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याउने योजना जम्मा ६२ प्रतिशत सफल भएको छ । हालसम्म ६७ प्रतिशत स्थानीय निकाय र ६६ प्रतिशत वडा कार्यालयमा मात्रै ब्रोडब्याण्ड ईन्टरनेट पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL