Logo

एनसेलले ल्यायो कर्पोरेट ग्राहकका लागि ‘एनसेल बिज’, आजदेखि लागु

एनसेलले ल्यायो कर्पोरेट ग्राहकका लागि ‘एनसेल बिज’, आजदेखि लागु


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१८ भदौं, काठमाडौं । एनसेलले आफ्ना कर्पोरेट ग्राहकका लागि ‘एनसेल बिज’ योजना ल्याएको छ । कम्पनीको उक्त योजना अन्तरगत सम्पूर्ण कर्पोरेट ग्राहकले ३ वटा मासिक योजना चलाउन सक्नेछन् । जसमा बिज २९९, बिज ४९९ र बिज ९९९ – मध्ये कुनै पनि एक योजना लिई आकर्षक दरमा भ्वाइस, डेटा, एसएमएस सेवाका लिन सक्नेछन् । साथै कर्पोरेट ग्राहकले माग गर्दै आएको आफ्ना कर्मचारीबीच बिना शुल्क कुरा गर्न सकिने निःशुल्क सियुजी. सेवाको समेत लिन सक्नेछन् ।

निःशुल्क सियुजी सेवाले कम्पनीलाई बिना कुनै शुल्क आफ्ना कर्मचारीसँग अथाह कुरा गर्न सक्नेछन् । साथै एनसेल बिजमा सम्पूर्ण कर्पोरेट ग्राहकहरुका लागी समान तथा सरल ट्यारिफ योजना पनि रहेको छ ।

एनसेल बिजको बिज ‘२९९’ योजनामा एनसेलका कर्पोरेट ग्राहकले मात्र रु २९९ को मासिक शुल्कमा कुनै पनि नेटर्वकमा ७५ मिनेटको टक टाइम ,२५ एम.बी. डेटा तथा २५ एसएमएसका साथै निःशुल्क सियुजी सेवाको मज्जा लिन सक्नेछन् । त्यस्तै ‘बिज ४९९’ अन्तर्गत मासिक शुल्क रु ४९९ मा ग्राहकले कुनै पनि नेटर्वकमा ३ सय ५० मिनेटको टक टाइम, ५० एम.बी. डेटा तथा ५० वटा एसएमएस र निःशुल्क सियुजी सेवा प्राप्त गर्नेछन् ।

त्यसैगरी ‘बिज ९९९’ अन्तर्गत ग्राहकले मासिक रु ९९९ मा कुनै पनि नेटर्वकमा ५५० मिनेटको टक टाइम, ५५० एम.बी. डेटा तथा १५० वटा एसएमएस र निःशुल्क सियुजी सेवा प्राप्त गर्न सक्नेछन् ।

कर्पोरेट ग्राहकलाई उनीहरुको चाहना बमोजिमको विभिन्न सल्युसन्स् उपलब्ध गराउने हाम्रो उद्देश्य अनुरुप निशुल्क सियुजी सेवाका साथ एनसेल बिज प्लान ल्याइएको एनसेलका ईन्टरप्राइज विभागका निर्देशक प्रणय आचार्यले जानकारी दिए । साथै उक्त योजनाले ग्राहकलाई आकर्षक दरमा आफ्नो व्यवसाय, परिवार तथा साथिहरुसँग सम्पर्कमा रहन मद्दत पु¥याउने उनको विश्वास छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL