Logo

कोरोनामा ग्राहकलाई बोनस दिँदा टेलिकमको आम्दानी घट्यो, ९ महिनामा कमायो पौने २७ अर्ब

कोरोनामा ग्राहकलाई बोनस दिँदा टेलिकमको आम्दानी घट्यो, ९ महिनामा कमायो पौने २७ अर्ब



काठमाडौं । नेपाल टेलिकमको नाफामा गिरावट आएको छ । कोरोना पछिको लकडाउनको समयमा ग्राहकलाई शतप्रतिशत बोनस दिँदा टेलिकमले आफ्नो नाफामा गिरागट आएको जानकारी दिएको छ ।

टेलिकमले अपरिस्कृत वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको त्रेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा १८ करोडले गिरावट आएको हो । कम्पनीको गत आवको तेस्रो त्रैमासमा कूल सेवा वापतको आय २७ अर्ब ५० करोड ६० लाख रुपैयाँ भएकोमा चालू आवको सोही अबधिमा आईपुग्दा घटेर २६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँमा सिमित भएको छ ।

टेलिकमले २०७५ चैत्र १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको र जसका कारण सेवा वापतको आम्दानी घटेको जानकारी दिएको छ । चालू आवको तेस्रा त्रैमाससम्ममा यस्तो डिस्काउन्ट रकम कूल ८५ करोड ३३ लाख रुपैयाँ रहेको जानकारी दिएको छ ।

यसैगरी कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर जानकारी दिएको छ । लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस रकममा कुल ५३ करोड ४ लाख रुपैयाँ र सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५ करोड ३ लाख रुपैयाँ बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरेको थियो ।

त्यसैगरी मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशत देखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको जसबाट ८ करोड २ लाख रुपैयाँ आम्दानी गुमाएको छ । लकडाउनको कारणले मात्र कम्पनीको आयमा कूल ६६ करोड ९ लाख रुपैयाँ घाटा भएको कम्पनीले जानकारी दिएको छ । यसैगरी टेलिकमले सरकारको कोरोना राहत कोषमा समेत १० करोड रुपैयाँ दिएको थियो ।

यसका साथै समीक्षा अवधिमा विदेशी विनिमयदरमा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL