Logo

एनसेल एप क्याम्प २०१४, समय सापेक्ष एप बनाउन सरोकारवालाको सुझाव

एनसेल एप क्याम्प २०१४, समय सापेक्ष एप बनाउन सरोकारवालाको सुझाव


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२६ कात्तिक, काठमाडौं । एनसेलले बुधबार एप क्याम्पका उत्कृष्ट १ सय ५० समूहमध्ये कर्पोरेट सल्यूसन्स अन्तर्गत मोवाइलएप बनाउन चाहने सहभागीहरुलाई विषयगत ज्ञान प्रदान छुट्टै सेमिनार गरेको छ । उक्त सेमिनारमा विषयगत क्षेत्रका विज्ञहरुले एप क्याम्पका प्रतिस्पर्धीहरुलाई स्थानीय आवश्यकता र बजारलाई बुझेर एपनिर्माण गर्न सुझाव दिएका थिए ।

bizkhabar_ncell 2
प्रतिस्पर्धी विद्यार्थीहरुलाई सम्बोधनगर्दै सेमिनारका प्रमुखवक्ता तथा एनसेलका कार्यकारी प्रमुख, एरिम टायलेनलरले एपनिर्माणको क्रम विश्वमा अत्यन्तै द्रूत गतिमा भइरहेको जानकारी दिए । ‘नेपालीहरु पनि नयाँ प्रविधिको विकास र बजारमा त्यस्ता प्रविधिको उपलब्धता बारे धेरै सुसूचित छन्,’ उनले भने, ‘यसले एपको प्रयोगलाई बढवा दिने छ ।’

नेपालमा मोवाइल एपको प्रयोग बढाउन स्मार्ट फोनको प्रयोग बढाउनु जरुरी हुने भएकाले यो नेपालका लागि चुनौती भएको उनको भनाइ थियो । ‘पछिल्लो समय दिनहुजसो स्मार्ट फोनहरुको मूल्य घटिरहेको अवस्थामा एप प्रयोगको सम्भावना पनि बढ्दै गएको छ,’ ‘टायलेनलरले भने, ‘साथै एनसेलले पनि देशका विभिन्न दुर्गम क्षेत्रमा आफ्नो नेटवर्क पुर्याउने प्रयास गरिरहको छ ।’ सो कार्यका लागि सम्बन्धित सरकारी निकायबाट अनुमतिको बाटो कुरिरहेको समेत उनको भनाइ थियो ।

bizkhabar_ncell
कार्यक्रममा नेपालमा एप निर्माणकर्ताले झेल्नुपर्ने समस्याकाबारे पनि छलफल भएको थियो । सहभागीहरुले भने अन्तराष्ट्रिय कारोबार गर्ने क्रममा झेल्नुपर्ने समस्या उल्लेख गर्दै नेपाल टेलिकम वा बैंकहरुले यसको समाधान दिनसके सहजहुने जिज्ञासा राखेका थिए । ‘हामीले हाम्रा सम्भावित ग्राहकहरुबाट पैसा लिन र विदेशी कम्पनीमा आफ्नो एप रजिस्टर गर्दा लाग्ने शुल्क तिर्न कठिनाइ भइरहेको छ,’ प्रतिस्पर्धाका सहभागी देव गुरागाईंले भने
आफ्नौ एकाउण्टबाट ग्राहकहरुलाई त्यस्ता कारोबारमा सहयोग गर्न परेको नबिल बैंकका कार्यकारी प्रमुख विनय रेग्मीले बताए । तर, ग्राहकहरुले खाताबाट सोझै त्यस्तो कारोबार गर्न नमिल्ने बताउँदै रेग्मीले नेपालका दुर्गम क्षेत्रहरुमा मोवाइल एपबाटै बैंकिंग कारोबार गर्न मिल्ने खालको

एप बनाउनु पर्ने बताए । हुम्ला, जुम्ला लगायतका क्षेत्रमा कम्प्युटरबाट कारोबार गर्न सम्भब नहुने बताउँदै त्यसका लागि मोवाइल एप उपयुक्त हुने उनको दावी थियो ।
एपनिर्माण गर्दा आफूले लक्षित गरेको व्यवसायलाई राम्ररी बुभ्mनु पर्ने ज्योति ग्रुपका निर्देशक तथा स्याकरका ट्रेडिङ्ग प्राइभेट लिमिटेडका अध्यक्ष सौरभ ज्योतिले बताए । ‘मोबाइल एप त्यस्तो चीज हो जसले सबै कुरालाई चलायमान बनाउँछ,’ उनले भने, ‘जसका लागि सम्बन्धित क्षेत्रसँग दक्षता हासिल गरेर मात्र एप बनाउनु उपयुक्त हुनेछ ।’ यसैगरी, हामा स्टीलका निर्देशक राजन श्रेष्ठले स्थानीयताको अनुभूति गराउने खालको एप निर्माण गर्नु पर्ने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL