Logo

टेलिकमले ४७ प्रतिशत लाभांश दिने, गत बर्षको नाफा मात्रै ११ अर्ब ५५ करोड

टेलिकमले ४७ प्रतिशत लाभांश दिने, गत बर्षको नाफा मात्रै ११ अर्ब ५५ करोड


रामराजा श्रेष्ठ
0
Shares

 

बिजखबर संवाददाता
२७ चैत, काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई ४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शुक्रबार आर्मी अफिसर्स क्लबमा बसेको कम्पनीको सातौं साधारणसभाले चुक्ता पुँजीको सो प्रतिशत बराबर लाभांश दिने निर्णय गरेको हो ।

सेयरधनीहरूले चैत ३० गतेदेखि एनएमबी बैङ्कका देशभरका शाखामार्फत लाभांश लिन सक्नेछन् ।
कम्पनीले आर्थिक बर्ष २०६९/७० मारु. ३८ अर्ब ८५ करोड आम्दानी गरेकोमा आर्थिक बर्ष २०७०/७१ मा रु. ३९ अर्ब ६९ करोड आम्दानी गरेको थियो । कम्पनीले आयकर पछिरु. ११ अर्ब ५५ करोड ३७ लाख आर्जन गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL