Logo

इजी मोवाइल केयरले ल्यायो एस्युरेन्स सेवा, मोवाइलको डिस्प्ले निशुल्क फेरिदिने

इजी मोवाइल केयरले ल्यायो एस्युरेन्स सेवा, मोवाइलको डिस्प्ले निशुल्क फेरिदिने



काठमाडौं । ताम्राकार मोवाइल हाउसस्थित ईजी मोबाइल केयर प्रालिले मोवाइलको डिस्प्लेको लागि ‘एस्युरेन्स सेवा’ सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको सो सेवामार्फत ग्राहकको मोवाइलको फुटेको डिस्प्ले निशुल्क नयाँ फेरिदिने भएको हो ।

कम्पनीका अनुसार कुनैपनि ब्रान्डका मोवाइल खरिद गरेको १ महिनाभित्र यो सेवा सुरु गरिसक्नुपर्नेछ ।

साथै कम्पनीले ग्राहकको मोवाइलको डिस्प्ले एकपटकको लागि मात्रै निशुल्क रुपमा फरिदिने जानकारी दिएको छ ।

कम्पनीका ग्राहकले सो सेवा सुचारु गर्न आफ्नो व्यक्तीगत विवरणसहितको फर्म भर्नुपर्ने पनि कम्पनीले जानकारी दिएको छ ।

साथै यो सेवा सुुचारु गरेको एक बर्षभित्र मोवाइलको स्क्रिन फुटेमा निशुल्क रुपमा कम्पनीले फेरिदिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL