Logo

सबै स्थानीय तहमा ‘सुचना महामार्ग’ विस्तार, सरकारी सेवाको जानकारी मोबाइलबाटै

सबै स्थानीय तहमा ‘सुचना महामार्ग’ विस्तार, सरकारी सेवाको जानकारी मोबाइलबाटै



काठमाडौं । सरकारले देशका हरेक स्थानीय तहमा सुचना महामार्ग निर्माण गर्ने भएको छ ।

सरकारले सोमबार आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सार्वजनिक एवं निजी क्षेत्रका नीति, कार्यक्रम तथा अन्य अभिलेखहरुलाई विद्युतीय सुचना प्रविधिमा आधारित बनाउने उद्घोष गरेको हो ।

यसका साथै सरकारले सर्वसाधारणले डिजिटल माध्यमबाट सरकारी सेवा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गर्ने भएको छ ।

साथै सर्वसाधारणले सरकारी सेवाको सहज जानकारी पाउन सक्ने र आफ्ना गुनासाहरु सोझै सम्बन्धित निकायसम्म पुर्याउन सक्ने गरि ‘नागरिक अधिकार मोवाइल एप्स’ पनि संचालनमा ल्याउने भएको

सबै नेपालीलाइ स्मार्ट परिचय पत्र वितरण गरिने समेत उक्त नीति तथा कार्यक्रममा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL