Logo

बार्षिकोत्सवमा टेलिकमको छुट योजना, रिचार्जमा बोनस ,सिआरवीटी पून सञ्चालनमा

बार्षिकोत्सवमा टेलिकमको छुट योजना, रिचार्जमा बोनस ,सिआरवीटी पून सञ्चालनमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमएको रिचार्जमा बोनस उपलब्ध गराउने भएको छ । टेलिकमले माघ २३ गतेदेखि २५ गतेसम्म लागु हुने गरी रिचार्ज कार्ड र एम्पोस डिनोमिनेशनको रिचार्जमा बोनस उपलब्ध गराउन लागेको हो । जसअनुसार ५०, १ सय र २ सयको प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस उपलब्ध हुने छ । त्यस्तै ५ सय १ हजारको प्रत्येक रिचार्जमा १५ प्रतिशत बोनस उपलब्ध गराउन लागेको हो ।

शनिवार नेपाल टेलिकमको १३ औं बार्षिकोत्सवको अवसरमा यस्तो योजना सार्वजनिक गरेको हो । त्यस्तै टेलिकमले अनलिमिटेड एडिएसएलको साविक मासिक शुल्कमा धेरै केविपिएस व्याण्डविथ उपलब्ध गराउने भएको छ । जसअनुसार फागुन १ गतेदेखि लागु हुने गरी १ सय ९२ केविपिएसको साविक मासिक मूल्य रु९ सयमा २५६ केविपिएस व्याण्डविथ उपलब्ध गराउने छ । त्यस्तै ३८४ केविपिएसको साविक मासिक मूल्य १ हजार ५ सयमा ५१२ केविपिएस र ५१२ को साविक मूल्य २७०० मा ७६८ केविपिएस व्याण्डवीथ उपलब्ध गराउन लागेको हो ।

त्यस्तै इन्टरनेट तथा इन्ट्रानेट लिज सेवाको मासिक पोर्ट चार्ज रु ५ सयबाट नयाँ मासिक शुल्क रु १ सय कायम गरेको छ । कपर लिज एक्सेस चार्ज रु ५ सयबाट रु २ सय र अप्टिकल लिज चार्ज रु १ हजार र ३ सय कायम गरिएको छ । आधारभुततर्फ ल्याण्डलाइन टेलिफोन सेवाका सेवाग्राहीहरुलाई फागुन महिनाको मासिक रेन्टल चार्जमा थप २५ कल निशुल्क प्रदान गरिने छ ।

टेलिकमले बार्षिकोत्सवकै अवसरमा शनिवारदेखि सिआरवीटी सेवा पून सञ्चालन गरेको छ । जसमा प्रति दिन एक वटा गीतका दरले १५ दिनका लागि निःशल्क उपलब्ध गर्ने प्रत्येक गीतको भ्यालीडीटी १० दिन रहने छ ।

टेलिकमले आजदेखि लागु हुने गरी जिएसएम नेटवर्कका सेवाग्राहीलाई २० रुपैयाँमा १ सय एमवी फेसवुक प्याकेज उपलब्ध गराएको छ । यसको भ्यालीडिटी ५ दिन हुन्छ । माघ २२ गतेदेखि एनटीप्रो सेवा प्रयोग गर्ने सेवाग्राहीलाई आगमन कलको दरमा ५० प्रतिशत छुट उपलब्ध गरि नयाँ दर रु ३ प्रति मिनेट कायम गरिएको छ ।

टेलिकमले इजी फोन एसआइपी अकाउन्टबाट इजी फोन एसआइपी अकाउन्टमा हुने कल निशुल्क गरेको छ । त्यस्तै फागुन १ गतेदेखि बैशाख ३१सम्म नयाँ एडिएसएल तथा फाइवर टु दि होमका ग्राहकलाई निशुल्क सिप अकाउन्ट उपलब्ध गर्ने भएको छ । बार्षिकोत्सवको अवसरमा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले टेलिकमले परिणाम देखिने गरी काम गर्नुपर्ने बताए । त्यस्तै हामीसँग इन्टरनेटमा कन्टेन्ट नभएको गुनासो गरे । ‘हामीले गीता, भानुभक्त तथा अन्य नेपाली पुस्तकहरु इन्टरनेटमा पढ्न पाउँदैनौ उनले भने ’।

सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले नेपाल टेलिकम अन्य प्रदायकसँग प्रतिशपर्धा गरेर आउनु गौरवको कुरा भएको बताए । साथै अन पुराना उपकरणलाई हटाइ नयाँ प्रविधिका उपकरण जोड्न सुझाए । ‘अव एडिएसएलको काम छैन उनले भने ‘तामाको तारलाई माया नगर्नुस’ ।त्यस्तै झाले टेलिकमको मार्केट सेयर विस्तारै कम हुँदै गएको भन्दै सर्तक हुनुपर्ने बताए ।

कार्यक्रममा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकम क्षेत्रमा प्रतिशपर्धा बढेकाले चुनौती थपिएको बताइन् । साथै सो चुनौतीलाई अवसरमा परिणत गरेर अघि बढ्ने जानकारी दिइन् । सो अवसरमा उनले शनिवारदेखि प्रिपेड मोवाइलमा पनि फोजरी सेवा सञ्चालन गरिने जानकारी दिइन् । साथै पुराना प्रविधिका उपकरणलाई नयाँमा परिणत गर्न टेलिकम लागेको बताइन् ।

कार्यक्रममा लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले टेलिकमले गुणस्तरीय सेवा, प्रविधिको उच्चतम प्रयोग तथा राजस्व संकलनलगायत चुनौतीलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL