Logo

एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’, २५ देशमा लागू

एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’, २५ देशमा लागू


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा कर सहित १ हजार ५ सय रुपैयाँमा भ्वाइस, एसएमएस र डेटा प्याकको मज्जा लिन सक्छन् ।

यो कम्बो प्याकयोजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न २५ देशहरुमा लागू हुने छ । यो योजना आजै देखि लागू हुने एनसेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यो योजना सुचारु गर्ने एनसेलका प्रिपेड वा पोस्टपेड ग्राहकले आफु सम्बन्धित रोमिङ् देशहरुमा रहदा नेपाल र कम्बो प्याकमा रहेका अन्य देशहरुका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कल, २५ एसएमएस र २५ एमबि डेटा पाउनेछन् । प्याक अन्र्तगतउ पलब्ध हुने यी सेवाहरुको प्रयोग गर्ने समया वधि ३० दिनको हुनेछ ।

यो योजना सुचारु गरी एनसेलका ग्राहकले रोमिङ् देशहरुमा आफु यात्रामा भएको समयमा पनि आफ्ना परिवार, आफन्त तथा व्यवसायिक साझेदारहरुसँग सुलभ दरमा कुराकानी गर्न सक्नेछन् ।

सो सेवाका लागि पोष्टपेड ग्राहकहरुले एस्ट्रिक्स १७१२९ ह्यास डायलगरी चौथो विकल्प रोजेर प्राप्त जानकारी अनुसार योरोमिङ् कम्बो प्याक सुचारु गर्न सक्नेछन् । प्रिपेड ग्राहकले भने एस्ट्रिक्स १७१२९ ह्यास डायलगरी दोस्रोे विकल्प रोजेर त्यसपछि प्राप्तजानकारी अनुसार यो प्याकलिन सक्छन् ।

आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवाप्रदानगर्ने कम्पनीको प्रतिबद्धता बमोजिम २५ वटा देशमा लागु हुनेगरी रोमिङ् कम्बो प्याक अन्र्तगत शुल्क घटाउदै यो योजना ल्याइएको एकसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । ‘यसले रोमिङ्मा रहने हाम्रा ग्राहकलाई एउटै प्याकको माध्यमबाट भ्वाईस, एसएमएस र डेटा सेवाहरु सुलभ मुल्यमाउपलब्ध गराउने छ र भ्रमणका बेलामा सुलभ र सहज रुपमा सम्पर्कमा रहन मद्दत गर्नेछ,’ उनले भने ।

सेवाको आवश्यकता बमोजिम ग्राहकले जति पटक पनि यो प्याकलिन सक्छन् । प्याक प्रयोग गर्ने समयसिमा वा प्याकमा उपलब्ध भएको सेवाहरु उपयोग गरी सकेपछि हाल रोमिङ्का बेलामा लाग्दै आएको शुल्कहरु लागु हुनेछ । ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो कम्बो प्याकमा के कति सेवाहरु बाँकी छन् भनेर हेर्न सक्छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL