Logo

नेपाल टेलिकमको स्प्रिङ अफर : थ्रिजी सिमलाई फोरजीमा एक्टिभेट गरे सुविधैसुविधा

नेपाल टेलिकमको स्प्रिङ अफर : थ्रिजी सिमलाई फोरजीमा एक्टिभेट गरे सुविधैसुविधा



काठमाडौं । नेपाल टेलिकमले ‘स्प्रिङ अफर २०८०’ सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउँदै उक्त अफर सार्वजनिक गरेको हो । अफरअन्तर्गत कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको छ ।

laxmi

यस अनुसार १८ रुपैयाँमा १ दिन सम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ भने ३५ रुपैयाँमा २ घण्टा सम्म प्रयोग गर्न सकिने अनलिमिटेड डाटा प्याक उपलब्ध छ । यी वाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् ।

  • नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक रु. ५९९ मा उपलब्ध हुनेछ ।
  • नयाँ डाटा प्याकेज अन्तर्गत रु. २४ मा १ घण्टा भ्वाइस तथा डाटा प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसैगरी रु. २० मा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र रु. ८० मा ३ दिन सम्म चलाउन सकिने तथा रु. १०९ मा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यी वाहेक रु. ३९९ मा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।
  • यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ ।
  • जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL