Logo

नेपाल टेलिकमको पोस्टपेड अफर, ६३६ रुपैयाँमा एक महिना ढुक्क

नेपाल टेलिकमको पोस्टपेड अफर, ६३६ रुपैयाँमा एक महिना ढुक्क



काठमाडौं । नेपाल ‘टेलिकमले सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज’ सार्वजनिक गरेको छ । कम्पनीले आजैदेखि लागू हुने गरी नयाँ अफरको रुपमा उक्त प्याकेज सार्वजनिक गरेको हो ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुने बताइएको छ । ६ सय ३६ रुपैयाँमा उपलब्ध हुने सो प्याकेज लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १ सय मिनेट कल गर्न सकिने टेलिकमले जानकारी दिएको छ । उक्त अफरमा अन नेट १ सय ५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ ।

त्यसैगरी प्रत्येक दिन ३ सय एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३ सय एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *14152*2# डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL