Logo

अब ट्रमा सेन्टर र हेटौंडा अस्पतालमा पनि अनलाइनबाटै टिकट, लाइन लाग्नुपर्ने झन्झट मुक्त

अब ट्रमा सेन्टर र हेटौंडा अस्पतालमा पनि अनलाइनबाटै टिकट, लाइन लाग्नुपर्ने झन्झट मुक्त



काठमाडौं । मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । उक्त सेवापछि अस्पतालमा जँचाउन बिहानै देखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीहरुले छुट्कारा पाउने भएका छन् । उक्त सेवा स्वास्थ्य क्षेत्र अन्र्तगतमा मिदास टेक्नोलोजी सफ्टवेर मार्फत शुरु गरिएको हो ।

laxmi

बिरामीहरू आफै अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।

यो सेवा हाललाई टिचिङ अस्पताल, बिर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान संगै अरु मिदास टेक्नोलोजीले उपलब्ध गराईएको सफ्टवेर प्रयोगकर्ता माझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL