Logo

नेपाली पात्रोको सीईओमा सन्तोष देवकोटा, डिजिटल मिडियामा एक दशककाे अनुभव

नेपाली पात्रोको सीईओमा सन्तोष देवकोटा, डिजिटल मिडियामा एक दशककाे अनुभव



काठमाडौं । नेपालको पहिलो मोबाइल एप नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कुमार देवकोटा नियुक्त भएका छन् । देवकोटा फागुन १ गते ‘विश्व रेडियो दिवस’का दिन ‘नेपाली पात्रो’ को सीईओको पदमा नियुक्त भएका हुन् ।

laxmi

विक्रम सम्वत् २०५६ साल वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराइको पहिलो एफएम ‘रेडियो वीरगञ्ज ९९ मेगाहर्ज’मा विद्युतीय सञ्चारको लामो अनुभव संगालेका छन् ।

रेडियोको अग्रणी संस्था ‘इक्वेल एक्सेस नेपाल’मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्शांकन विज्ञको रुपमा छवि बनाएका देवकोटा पछिल्लो एक दशकदेखि डिजिटल मिडिया तथा कम्यूनिटि प्लाटफर्म विज्ञको रुपमा सक्रिय रहँदै आएका छन् । देवकोटा यही फेब्रुअरी १३ तारिख २०२२ ‘विश्व रेडियो दिवस’का दिन ‘नेपाली पात्रो’ को सीईओको पदमा नियुक्त भएका हुन् ।

विक्रम संवत् २०६३ सालमा सर्वप्रथम फेसबुक एपमार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ विक्रम संवत् २०६६मा गुगलको प्लेस्टोर तथा एप्पल स्टोरमार्फत प्रयोगकर्ताहरुका लागि सार्वजनिक गरिएको थियो ।

पछिल्ला वर्षहरूमा नेपालबाट रोजगारी तथा विभिन्न अवसरको खोजीमा विदेश बसाइँ सर्ने क्रम बढेको छ । विशेष गरी नयाँ पुस्ताको विदेश मोह र बाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै । त्यसैले नेपाली पात्रोले आम नेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म(संस्कृतिका विशेषताहरूलाई उनीहरूसम्म पुर्याउने प्रयास गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL