Logo

अब नेपाल टेलिकमबाट अन्यमा फोन गर्दा लाग्ने शुल्क घट्यो, अन्तरआवद्धता शुल्क निर्देशिका कार्यान्वयन

अब नेपाल टेलिकमबाट अन्यमा फोन गर्दा लाग्ने शुल्क घट्यो, अन्तरआवद्धता शुल्क निर्देशिका कार्यान्वयन



काठमाडौं । नेपाल टेलिकमले अन्तरदेशीय अन्तरआवद्धता शुल्क लागू गरेको छ । कम्पनीले कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागु हुने “अन्तरआबद्धता शुल्क” लागु गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिका २०७६ अन्तर्गत अन्तर्देशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार नेपाल टेलिकमले माघ १८ गतेदेखि उक्त निर्देशिका लागु गरेको जानकारी दिएको छ ।

laxmi

नेपाल टेलिकमका ग्राहकहरुले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागु गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०७८ माघ १६ र १८ गतेको निर्णयानुसार स्वीकृत भई आएकोले परिमार्जित महशुल दर मिति २०७८ माघ १८ गते (तदनुसार १ फेबु्रअरी २०२२) देखि कार्यान्वयनमा ल्याएको हो ।

नयाँ अन्तर्देशीय अन्तरआबद्धता कार्यान्वयन भए पश्चात् एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागु हुने महशुल दर परिमार्जन भई शुल्कमा कमी आउने बताईएको छ । सो अनुसार कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र कायम हुनेछ ।

यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम हुनेछ । साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL